राजु झल्लु प्रसाद

न्याय माग्दा पोस्टर च्यात्ने प्रधानमन्त्री ज्युँले कुन मुख लिएर सुसाशन अवार्ड थाप्नुभयो ? नयाँ युगको सुरुवात भन्दै उहाँले लेराएको समाज कल्याणको अवधारणा कहा गयो ? कि त्यो, समाज कल्याणको नाममा स्वयम् कल्याण अवधारणा थियो ?

देशको राजधानी काठमाडौंमा बिहिबार विभिन्न देशका नेताहरू ओर्ले । उनीहरूलाइ सरकारले राजकीय सम्मान दियो । सर्वसाधरणलाई सवारी साधनको जोरबिजोर प्रणालीले सास्ती गरायो ।

तर राज्यले राजकीय सम्मान गरेका ति नेताहरू, कुनै सरकारी कार्यक्रममा आएका थिएनन, उनीहरू कोरियाको एक चर्चको मिसिनरी संस्थाको कार्यक्रममा आएका थिए !उक्त कार्यक्रमको नाम थियो, ‘एसिया प्यासिफिक समिट-२०१८।’

‘एसिया प्यासिफिक समिट-२०१८’ नाम दिइएको उक्त कार्यक्रमको आयोजक हो- ‘युपिएफ’ अर्थात ‘युनिभर्सल पिस फेडरेसन ।’  नेपालका लागि यसका हर्ताकर्ता हुन् संसद – एकनाथ ढकाल। चाबि चुनाव चिन्ह लिएको नेपाल परिवार दलका अध्यक्ष हुन्, एकनाथ ढकाल । ढकाल संविधानसभाका समानुपातिक संसद थिए । उनै ढकालको पार्टी ‘नेपाल परिवार दल’ कोरियाको युनिफिकेशन चर्चकै प्रायोजनमा संचालनमा हुँदै आएको पुष्टि भएको छ ।

स्वतन्त्र र गैरधार्मिक कार्यक्रम भनिए पनि कार्यक्रम आयोजकको गठजोड र गतिविधिले यो कार्यक्रम पूर्णतः इसाई धर्म प्रचारप्रसार गर्ने रणनीति सहित गरिएको पुष्टि हुन्छ। सुरुवातमा थोरै चर्चा गरौ उक्त सस्था ‘युपिएफ’ अर्थात ‘युनिभर्सल पिस फेडेरेसन’को बारेमा !!

युपिएफ अर्थात युनिभर्सल पिस फेडेरेसन

नेपालमा स्वतन्त्र भनिएको युपिएफ संस्था, इसाई मिसिनरी भएको बेलायती पत्रिकाले पनि जनाएको थियो । ‘ गार्जियन’ले सन् २००८ को नोम्बेभर २१ मा प्रकाशन गरेको समाचारमा ‘युपिएफ’ विवादास्पद कोरियाली युनिफिकेसन चर्चको संस्था भएको लेखेको छ। ‘रियाज बट’ले लेखेको उक्त समाचारमा युपिएफले शान्तिको काम गर्दै आएको भनेता  पनि अन्ततः उसले सर्वसाधारणलाई विभिन्न प्रलोभन देखाएर इसाई धर्ममा लाग्न बाध्य पारेको बताइएको छ। एक अभियानकर्मीलाई उधृत गरेर उक्त समाचारमा लेखिएको छ, ‘उनीहरूले तपाईंलाई शान्तिको कुराकानी गरे पनि उनीहरूको उद्देश्य इसाई धर्मको प्रचार र अरू धर्म मान्नेलाई पनि इसाई धर्ममै लाग्न अभिप्रेरित गराउनु हो।’

जानकारहरुका अनुसार राजनीति, व्यापार, मिडिया र अन्य सामाजिक संस्थाका प्रभावशाली र सक्रिय व्यक्तिहरुलाई शान्तिदुत बनाएर सम्मान गर्दै उनीहरुलाई आफ्नो मिसनको स्वतः सदस्य भएको बिल्ला भिराइने गरिएको छ । कुनैकुनै शान्तिदुतहरुलाई भने विदेशमा घुमाउन पनि लगिन्छ । तर त्यसको खर्च स्वयं सहभागिलाई नै तिर्न लगाइन्छ । स्थानिय आयोजकहरुले खाने बस्ने र भिसाको लागि सहयोग गर्दछन तर यातायात खर्च भने शान्तीदूत आफैले तिरेर जाने गरेका छन् ।

‘शान्तिदुत समारोह’ तथा ‘विवाहित जोडिको वैवाहिक प्रतिवद्वता समारोह’मा युपिएफले हरेक पटक एउटा डकुमेन्ट्रि देखाउने गर्छन् । डकुमेन्ट्रिमा नेपालका राष्ट्रपति, प्रधानमन्त्रिहरु, मन्त्रिहरु आदिले वैवाहिक कार्यक्रममा भाग लिएको देखाइन्छ । यस्तो वृत्तचित्रले सहभागिहरुलाई यो कार्यक्रम र संस्थाप्रतिको विश्वसनीयता र भरोसा दिलाउँदछ ।

उक्त  वैवाहिक समारोहमा नवजोडि र धेरै समय अगाडि विवाह गरिएका जोडिहरु बोलाएर गरिने उक्त समारोह कुनै  नेपाली संस्कारसँग मिल्दैन । युनिफेकेसन चर्चमा समुह विवाह संस्कार भनेर युट्युबमा खोज्दा यि सबै चरणहरु पढ्न र देख्न सकिन्छ । विभिन्न पाँच चरणमा गरिने यस्ता वैवाहिक प्रतिवद्धता समारोह यसरी सम्पन्न गरिन्छ:

समुह विवाह संस्कार:

१. जोडिले एकअर्कालाइ सानो डण्डाले हिर्काएर पापको अन्त्य गर्दछन र त्यसपछि नयाँ जिन्दगिको सुरुवातको तयारी गर्दछन ।

२. जोडिलाइ ‘पवित्र जल’ सेवन गराइन्छ । र एउटाको जुठो अर्कोलाइ सेवन गराइन्छ ।

३. ‘आशिर्वाद सेसन’ अर्थात ब्लेसिंग सेसन आँउछ जहाँ जोडिलाइ ‘अफिसिएटर’ भनिने एक दम्पत्तिले प्रार्थाना गराँउछन् । प्रार्थाना सकाएर ‘पवित्र जल’ भनिने पानी छर्कीन्छन् ।

४. पवित्र जल छर्किएपछि चालिस दिनको ‘सेपेरेसन पिरियड’ भनिने उक्त कार्यक्रमको लागी जोडिहरुलाइ चालिस दिनसम्म यौनव्रत गर्न आग्रह गरिन्छ ।

५. माथिका चार चरण सकाएपछि तीन दिने अर्को कार्यक्रम हुन्छ जहाँ दम्पतिहरुलाई पुनः जिवन सुरु भएको भनिन्छ । त्यसपछि बाइबलमा भनिएको प्रथम पुरुष आदम र प्रथम स्त्री इभको पुनरावलोकन भएको मानिन्छ ।

सन म्युङ मुन:

नेपालभरि शान्तिदुतहरु बनाउँदै हिड्ने यस संस्था,‘युनिभर्सल पिस फेडेरेसन’(युपिएफ)का संस्थापक सन म्युङ मुन हुन् । मुनले सन् १९५४ मा कोरियाको बुशानमा युनिफिकेसन चर्च खोलेका थिए । जसको ब्याख्या गर्दा नै ‘विश्व क्रिस्चियन एकताको लागी पवित्र आध्यात्मिक संघ’ भनिएको छ । मुनले कोरियाली युद्दमा शान्ति स्थापना गर्न मुख्य भुमिका खेलेको थिए । उनको यै कुराको मात्रै गुणगान गएर उनको क्रिस्चियन मिसनको गोप्य पक्ष भने लुकाउने गरिएको पाइएको छ।

सन् मुयुङ्ग मुनले आफुले आफैलाई दोश्रो ख्रीष्ट’क्राइस्ट’ वकलात गरेका थिए l उनको भनाइमा, “परमेश्वरले दिनुभएको काम येशु ख्रीष्टले पुरा गर्नुभएको थिएन र त्यहिँ पुरा नगरेको काम पुरा गर्न येशु ख्रीष्टको दोश्रो आगमनको रुपमा परमेश्वरले मलाई पठाएको हुन् l”  अर्को अझ अचम्म लाग्ने कुरा के छ भने आदम र हब्बाले उनीहरुलाई निषेध गरिएको जुन फल खाएका थिए, त्यसका कारण यो सब भै’रहको हो ।”  उनले त्यस कुरालाई यसरि अर्थाएका छन्, ” हब्बाले सो फल खाएपश्चात शैतानसँग हब्बाले सहबास गरिन र त्यसैको कारण हामि सबैजना पापमा फसेको हौँ ।” अब म ख्रिस्टको दोस्रो अवतार आएको छु । चिन्ता नगर्नुस, म तपाइँहरुको सम्पूर्ण पाप निर्मुल पार्छु ।”  उनको कुरा यतिमा नै सिमित हुदैन, “यस धर्तीमा  सबैजना पापी छन् तर म छैन – कारण म दोश्रो ख्रीष्ट हुँ ।” यसैकारण पनि चर्चमा उनि विवाह गरिदिन्छन, जस-जसले बिबाह गर्छन उनीहरुको श्रीमतीले पहिलो रात यिनीसँग रात बिताउनु पर्छ, सहबास गर्नु पर्छ तब मात्र विवाहित दम्पती पापरहीत हुन्छन ।

तर जब उनि बृद्द हुदै गए र उनको पछि लाग्नेहरु साथसाथै उनीसँग  सहबास गर्नेहरुको संख्या बढ्दै गयो तब सबैजना सँग रात बिताउन उनि असक्षम भए अनि सबैलाई यिनले समुहमा बिबाह गरिदिन थाले । यसपछि पनि उनको हठ कायम नै रह्यो, समुहमा विवाह गरिएका विवाहित सबैजनाले विवाहको पहिलो रात यिनको तस्बिरसँग बिताउनु पर्ने बताएँ ! आज पनि जो उनलाई साँचो मान्छन या भनौ खिर्स्ट भन्ठान्छन्, उनीहरु यो घिनलाग्दो कामगरिरहेकै छन्।

हाक जा हान:

१९६० को आप्रिल महिनामा मुनले हाक जा हानसँग विवाह गरेका थिए । उनीहरुको १० छोराछोरी र ३० नातिनातिनाहरु छन् । जो बाउ र हजुरबाउको कार्यलाई निरन्तरा दिदै आइरहेका छन् ।

२५ फेब्रुवरी सन् १९२० मा जन्मिएका युपिएफका संस्थापक मुनको ९२ वर्षको उमेरमा ३ सेप्टेम्बर २०१२ मा निधन भएको हो । यिनको शरीरलाई सिसाभित्र सजाएर राखिएको छ ।

यस संस्थाको संस्थापक मुनको श्रीमती हाक जा हान जनावरी ६, १९४३(लुनार क्यालेन्डर अनुसार) मा जन्मिएकी हुन् । उनले विश्व शान्तिको लागि भन्दै महिला संघ फेडेरेशनको स्थापना पनि गरिन । उनि आफ्ना पति सन् म्युंग मुन बितेपछी उनको कार्यभार समालेर बसेकी छिन् । असली माता या भनौं सच्चा आमाको उपमा पाएकी हान यै शिलशिलामा मङ्सिर १३ गते बिहीबारको दिन युनिभर्सल पिस फेडेरेसनले काठमाडौंमा आयोजना गरेको ‘एसिया प्यासिफिक समिट–२०१८’ मा  आइपुगिन सँगसँगै विभिन्न देशका सरकार, राष्ट्रप्रमुख र मन्त्रीहरु पनि  बिहीबार काठमाडौंमा उत्रिए ।

आगन्तुकलाई नेपाल सरकारले नभई क्रिश्चियन धर्मको प्रचारक मानिने पिस फेडेरेसनले नै निम्त्याएको थियो। तर, पिस फेडेरेसनले निम्त्याएको भए पनि बिहीबार दिनभर उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वयं गइ सरकारले निम्त्याएको पाहुना जस्तै गरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलामा उभिएर ती मन्त्रीहरुको स्वागतसम्मानमा तल्लिनता देखाए ।

दक्षिण कोरियाजस्तो विकसित देशमा स्थापना भएर संसारभर सञ्चालन भै’रहेको सो संस्थाले नेपालका विभिन्न क्षेत्रमा आफ्नो हात बाट्न सक्थ्यो । प्रविधि तथा विकासको क्षेत्रमा काम गर्न सक्थ्यो । यसो गर्नुको साटो सामुहिक बन्धनमा बाँधिइसकेका परिवारलाई क्रिश्चियन परम्परा अनुसारको विवाह गराउन लागिपर्यो, जसको भन्ने नै हो भने कुनै अर्थ थिएन ।


 

प्रधानमन्त्री ज्युँ

अब चर्चामा लेरायौ प्रधानमन्त्री ज्युँलाई,

इसाई धर्मको मत प्रतिनिधित्व गर्ने युनिफिकेसन चर्चको प्रचारका लागि त्यसैसँग आबद्ध गैरसरकारी संस्था, युनिभर्सल पिस फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको एसिया प्यासिफिक समिट सकिए लगतै देशमा विवाद सुरु हुन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओली होसहवाससहित सहभागी भएका होइनन्, उनको नाम समातेर काम गर्ने सहयोगी टोलीहरुको पनि उत्तिकै स्वार्थरञ्जित फोहोरी र अस्वस्थ चलखेल  देखिन्छ ।

गत भदौमा बिमस्टेक शिखर सम्मेलन भयो । नागरिकले पाउनु सास्ती पाए । उपलव्धि के भयो ?…..खै त् केहि पनि देखिएको छैन । आम मानिसको दैनिकी लथालिङ्ग बनाउन देशमा यस्ता सम्मेलनहरु आयोजना भैरहेकै हुन्छन् । हो – सार्क, बिमस्टेक जस्ता सम्मेलनको अन्तर्राष्ट्रिय र क्षेत्रीय महत्त्व छ । तर यहाँ त् सम्मेलनको नाममा आम मानिसको दैनिकी मात्रै लथालिंग बनाइन्छ ।

कुरा गर्दै छु, गत साता बिहिबार अर्थात २०७५ मङ्सिर १३ गतेको। राजधानीमा १३ विभिन्न देशका नेताहरू ओर्ले । उनीहरूलाइ सरकारले राजकीय सम्मान दियो। स्वागत गर्नमा कुनै कसर बाकि राखेन ।  राज्यले राजकीय सम्मान गरेका ति नेताहरू, कुनै सरकारी कार्यक्रममा आएका थिएनन । उनीहरू कोरियाको एक चर्चको मिसिनरी संस्थाको कार्यक्रममा आएका थिए ।

‘नेकपा (एमाले)-एनजीओ पार्टी हो !’ ‘केपी ओलीले राजिनामा दिनुपर्छ!’ जस्ता कुराहरु अहिले देशभरी फैलिरहेको छ ।सामजिक संजालमा अझ माधव नेपालको नाम समेत जोडेर चर्को विरोध भै’रहेको छ ।  नेकपा(एमाले) पार्टीको वरिष्ठदेखि अन्य विभिन्न नेताहरु पटक–पटक विदेश भ्रमण जाने गरेका कुरा त् हामीले थाहा पाएकै कुरा हो । अहिले यो कुरा पनि बाहिर आएको छ कि ति नेताहरु यसै संस्थाको प्रायोजनमा विदेश भ्रमणमा निस्कन्थे । यसले अनुचित लाभको केन्द्रीयकरणका लागि सरकार र सत्तारुढ पार्टी लागिपर्दछ भन्न जनतालाई ठाउँ दिएको छ ।

समिट आयोजक समितिका संयोजक एमाले पार्टीका शिर्ष नेता माधवकुमार नेपाल स्वयम् पनि थिए भनेर चुलिएको चर्चाले टिवटर, फेसबुक लगायतका सामाजिक संजालमा ब्यापक चर्चा बटुली रहेको छ । राजनीतिक दलको क्रियाकलाप गरिरहँदा एनजीओ/आईएनजीओ कनेक्सन सम्बन्धित दल, आफैंले विचार गर्ने विषय हो । तर प्रधानमन्त्री वा सत्तारुढ दल कसैले त्यसको प्रभावमा काम गर्छ, त्यसको प्लेटफर्म उपयोग/दुरुपयोग गर्छ भने त्यो आम चासोको विषय बन्छ,…. बन्नुपर्छ । प्रधानमन्त्री र उनको सरकारी टोलीमात्र होइन, सभामुख, वरिष्ठ नेता, मन्त्रीहरूसमेत लर्को लागेर ‘ब्लेसिङ’ थाप्न पुगे ।

यो त् सरासर धार्मिक आवरणमा राजनीति भएको हो  । जब यसरि खुला रुपमा राजनीतिक अभ्यास हुन्छ, हामि कसरि भन्न सक्छौ देशमा आस्था र विचारको स्वतन्त्रता छ ? संवेदनशील र विवादित संस्था तथा विषयमा सरकारले अनुमति दिने कुरा हुँदैन । तर यहाँ त् सरासर सरकार उक्त कार्यक्रमको सहआयोजक बनेको छ  ।

अर्कातिर, एउटा विवादित संस्थाले विभिन्न देशका प्रधानमन्त्री लगायत उच्चपदस्थ सरकारी पदाधिकारी, राजनीतिक व्यक्तिहरूलाई आमन्त्रण गरेर आफूखुसी नेपालमा यस्तो कार्यक्रम गर्यो, यो पाच्य कुरा होइन  । म्यानमारकी आङसाङ सुकी, कम्बोडियाका प्रधानमन्त्री हुन सेन लगायत उच्चपदस्थ सहभागीहरू नेपाल सरकारको निमन्त्रणा बेगर आए त् ? प्रस्टै देखिन्छ, यसमा सरकारको आमन्त्रणा थियो  । भनि हालें, राजधानीमा बिहिबार विभिन्न देशका नेताहरू ओर्ले । उनीहरूलाइ सरकारले राजकीय सम्मान दियो । स्वागत गर्नमा कुनै कसर बाकि राखेन !

सरकारले जसरी आफ्नो कूटनीतिक हैसियतको खुलेआम दुरुपयोग गर्यो, त्यो गम्भीर चासोको विषय हो ।

समृद्धिको नारा लगाउँदै सरकारको नेतृत्व गर्न पुगेका प्रधानमन्त्री खड्क प्रसाद ओली आगन्तुक पाहुनासँगै ३ दिन सोल्टी होटेलमा बसे  । जतिसुकै उच्चस्तरको सम्मेलन भए पनि राजधानीमै सम्पन्न कार्यक्रममा प्रधानमन्त्री होटलमा बस्तैनन् । जब कि उनको कार्यालय उनले बसेको होटल देखि १२-१५ किमी को दुरीमा छ  । प्रधानमन्त्री भनेको पाहुनाको चौबिसै घन्टा साथ दिने ‘इस्कोर्ट अफिसर’ होइन नि ! अझ त् अझ आफ्नै भाषणको संग्रहलाई देशको प्रतिनिधित्व गर्ने पुस्तक भन्दै पाहुनालाई उपहारको दिनु यो सरकारको अर्को हास्यास्पद कुरा हो ।

अझ हाम्रा सम्मननीय प्रधानमन्त्री ज्युको विवाद निम्ताउने अर्को कुरा त् के भने, तेत्रो विवादास्पद संस्थाले सुम्पिएको १ लाख डलर( लगभग सभा करोड नेपाली रुपियाँ बराबर)को ‘लिडरसिप एन्ड गभरन्यान्स अवार्ड’ पनि थापे । तर प्रधानमन्त्रीले स्वीकार गर्ने उपाधिसँग मुलुकको इज्जत, प्रतिष्ठा जोडिएको हुन्छ । उपाधिभन्दा पनि प्रदान गर्ने संस्थाको उद्देश्य र मान्यता महत्त्वपूर्ण हुन्छ  । तर यसमा सम्माननीय प्रधानमन्त्री खड्क प्रसाद ओली ज्युको ध्यान गएन  । यो उपाधि ग्रहण गरे पश्चात प्रधानमन्त्री ओलीको अन्तर्राष्ट्रिय मानमर्यादा बढ्यो कि प्रदान गर्ने संस्थाको प्रचारबाजी ?, प्रश्न गर्ने ठाउँ भएको छ  ।

टिवटर मार्फत रामहरी खनालले  लेखेका छन्, “प्रधानमन्त्री खड्कप्रसाद ओलीले होटेलमा बिहान देखि बेलुकासम्म लम्पसार परेर १ लाख  डलर लिएछ्न ! देशको इज्जत राखेको होलान् ! बरा  बिचरा ! प्रम पदको इज्जत  नेपालको कहाँ पुग्यो ?”

वरिष्ठ पत्रकार विजय कुमार पाण्डे आफ्नो ट्वीटर ह्याण्डेल मार्फत लेख्छन,

“चांदीको जु्त्ताले हानेर-एकनाथले-पशुपतिनाथलाइ-उनकै नगरमा दिउसै तारा देखाउदैछन ।

हुनत, आफुलाइ बेच्न सडकमा उभिएको समाजलाइ लैजान जस्ले बोली लगाए पनि भो ।

एनजिओको ‘हरियो टिका’ थाप्न महान राष्ट्रवादी समाजका गन्यमान्य नेताजीहरु बिहानै देखि लाइन बसौ ।”

निर्मला पन्तको बलात्कार पछी भएको हत्याप्रकरणको मुद्दामा आमजनता सरकारसँग रुस्ट थिए । यै बेला सम्माननीय ओली ज्यु ले आफ्नो पोस्टर पोलपोलमा टास्दै नयाँ युगको सुरुवात भएको घोषणा गर्नुभयो  ।त्यै समय आमजनता सडकमा थिए  । भित्ताभित्तामा निर्मलालाई न्याय दिलाउनको लागि “सरकार भेटियो, न्याय भेटिएन” जस्ता विभिन्न लज्जाबोध सहितका नारा टासदै थिए  । नेपाल प्रहरीले ति पोस्टरहरु च्यात्दै सर्वसाधारणलाई हिरासतमा लिग्यो  । बलात्कार पछि हत्या भएको १३४ औ दिन नाघीसक्दा पनि न्याय नपाएपछी अनेक जनचेतनामुलक तथा दबाबमुलक कार्यक्रम गरिरहेका जनतामाथि ओली सरकारको यो कस्तो न्याय हो ? कुन कानुनले त्यसो गर्न भन्छ ?

ल्याटिन अमेरिकी लेखक एडुवार्ड़ो ग्यालियानोले भनेका थिए, “भित्ताहरु जनताका अखबार हुन् ।” तर यहाँका भित्ता त् पार्टीका नारा र राजनेताको फ्रेस्को चित्रको लागि मात्रै प्रयोग भै’रहेको छ ।

प्रधानमन्त्री ओलीको व्यक्तित्व प्रदर्शनको विषयमा पनि देशमा चर्को बिरोध भै’रहेकै छ  । पोल–पोलमा उनका फोटा झुन्ड्याउने लहर चलिरहदा आफ्नो फेसबुक वालमा लेखक बुद्दी सागर लेख्छन, “ अरे वाह ! यत्तिका दिनसम्म अपराधि नदेख्ने ! तर गल्लिगल्लिका पोलमा टासिएका पोस्टर चाहि देख्ने !  पोस्टर च्यातेर फ्याल्दैमा न्यायमा लागेको दाग कहाँ जान्छ र !”

केहि समय अगाडी मात्रै ओली बिरामी परे, उनको अस्वस्थताप्रति समग्र जनता चिन्तित भए । तर यतिखेर जब जनता शोकमा डुबिरहेका छन्, न्यायको भोकमा पेट बाधेर सडकमा उफ्रिरहेका छन्, मानसिक सन्तुलन गुमाएर बसेका छन्; तब देशको अभिभारा सम्हालेका प्रधानमन्त्रीको यो कस्तो अस्वस्थ शाशन व्यवस्था हो ? यति हदसम्मको बिरामी कानुन, सुद्दी गुमाएको न्याय प्रणाली र शाशन व्यस्था आखिर कहिलेसम्म ?

न्याय माग्दा पोस्टर च्यात्ने प्रधानमन्त्री ज्युँले कुन मुख लिएर सुसाशन अवार्ड थाप्नुभयो ? नयाँ युगको सुरुवात भन्दै उहाँले लेराएको समाज कल्याणको अवधारणा कहा गयो ? कि त्यो, समाज कल्याणको नाममा स्वयम् कल्याण अवधारणा थियो ?

 

 

 

 

Leave a Reply