रु तीन करोड ७५ लाखमा क्यान्टिलिभर पुल 

0
67
क्यान्टिलिभर पुल 

सामागाँउ,गोरखा ।

यो दृष्य हो गोरखा जिल्लाको सामागाउँ जाने मार्ग
गोरखा – मनास्लु पदमार्गमा पर्ने उत्तरी गोरखाको केरौंजाको यारुबगरमा पहरा खोपेर क्यान्टिलिभर पुल निर्माण गरिएको छ । बूढीगण्डकी नदीमा आएको भेलले पदमार्ग बगाएपछि जिल्ला दैवीप्रकोप उद्धार समितिको आग्रहमा बेलायती दातृ संस्था डिएफआइडीले क्यान्टिलिभर पुल निर्माण गरेको हो । यो पुल १९५ मिटर लामो छ । पुल डिएफआइडीले निर्माण गरेको हो । दुई महिना अवधिमा सो पुल निर्माण गरिएको हो ।
गत वर्ष वैशाखमा गएको भूकम्पपछि झरेको पहिरो र गएको बर्खामा उर्लेको बूढीगण्डकीले यारुबगर कटान गरेपछि पदमार्ग अवरुद्ध हुँदै आएको थियो । यो पुल निर्माण भएपछि उत्तरी गोरखाको केरौँंजा, सिर्दिवास, बिही, ल्हो, प्रोक, सामागाउँ, चुम्चेत र छेकम्पार गाउँ मानिसहरुलाई सुबिधा भएको छ ।

स्रोत

News from arughat Bazar gorkha -Nepal

Leave a Reply