निखिल उप्रेती अभिनीत ‘भिलेन’को नयाँ गीत सार्वजनिक (भिडियो)

0
85

काठमाडौं – २७ पुसबाट प्रदर्शनमा आउने चलचित्र ‘भिलेन’ले पहिलो गीत ‘च्यानाकुटी झ्याई झ्याई…’ सार्वजनिक गरेको छ । अञ्जु पन्त र रामचन्द्र काफ्लेको स्वर रहेको गीतमा कपिल खत्री र अभिनेत्री शिल्पा पोखरेलले कोरका साथ नृत्य गरेका छन् ।एकनारायण भण्डारीको शब्द रहेको गीतमा लालकुमार बरालले संगीत भरेका छन् । गीतमा कोरियोग्राफी दीपेन्द्र तिमल्सिना र दीपक श्रेष्ठको छ । गीतको अत्यमा अभिनेता निखिल एक्सन अवतारमा देखिएका छन् ।

द ग्लोबल पिक्चर प्रा।लिको ब्यानरमा कपिल खत्री प्रस्तुतकर्ता रहेको ‘भिलेन’ लाई बलबहादुर श्रेष्ठ ‘शितल’ले निर्माण गरेका हुन् । चलचित्रमा दिपक श्रेष्ठ, सुरज खड्का र मधु केसी कार्यकारी निर्माताको रुपमा रहेका छन् । राजकुमार श्रेष्ठ सह–निर्मातामा छन् । निखिल, शिल्पा र कपिलको अलवा चलचित्रमा निशा अधिकारीको पनि मुख्य भुमिका रहेको छ । मौनता श्रेष्ठको लेखन, सौरभ लामा, मदन कस्यप घिमिरेको छायाँकन, बाबु गिरी, लालकुमार बरालको संगीत रहेको चलचित्रमा शुक्रराज शाहको द्वन्द्व छ ।

 

Leave a Reply